काठमाडौं ।
देशभर पछिल्लो चौबीस घण्टामा ९ हजार ४३८ को आरटी- पीसीआर विधिबाट नमूना परीक्षण गरिएकोमा २ हजार ४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडाैँले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमित सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित ६ लाख १० हजार ५२१ पुगेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार १४७ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ५ लाख ३६ हजार २५२ जना कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८७.८ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा आठ हजार ४६५ जनाले ज्यान गुमाएका छन् ।







