२०८३ बैशाख १६ बुधबार १३

त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटल सञ्चालकलाई निषेधाज्ञामा होटल खोलेको भन्दै ४ लाख जरिवाना

काठमाडौं ।

निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ ।

निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई ४ लाख रुपैयाँ जरिवाना तिराइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार होटलमा सेवाग्राहीको रुपमा गएर हो–हल्ला गर्ने थप ८ जनालाई पनि जरिवाना तिराइएको छ । उनीहरुलाई १५ हजार रुपैयाँको दरले जरिवाना तिराइएको हो ।

यसअघि तोकिएको समयभन्दा बाहिर पनि स्टोर खोलेको भन्दै कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्टर स्टोरका म्यानेजरलाई पनि जरिवाना तिराइएको थियो ।

प्रशासनले लगाएको निषेधको आदेश उल्लंघन गरे व्यक्तिलाई १ लाख र संस्थालाई ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

 

अनलाइखवरबाट

 

२०७८ जेष्ठ ३०, आईतवार १७:०६ गते 1 Minute 522 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार