२०८३ असार २ मंगलवार ०२

विश्व बैंकले सात अर्ब २० करोड सहयोग गर्ने घोषणा

काठमाडौँ ।

विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि रु. सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बैंकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद–जर्भोस व्यक्त गर्नुभएको छ ।

“मानव पूँजी विकास तथा सबल पुनःनिर्माणलाई प्राथमिकतामा राख्नु कोभिड–१९ को महामारीका बेला अपरिहार्य भएको छ”, यहाँस्थित बैंकको देशीय कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

गोरखापत्र अनलाइबाट

 

२०७८ जेष्ठ २९, शनिबार १९:३२ गते 1 Minute 836 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।