२०८३ असार २ मंगलवार १८

संसदको रेकर्डबाट प्रदेशसभा सदस्य वैद्यको अभिव्यक्ति हटाइयो

काठमाडौं

नेपाली काँग्रेसका बाग्मती प्रदेशसभाको सदस्य नरोत्तम वैद्यले जेठ २८ गते आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाइएको छ ।

शनिबार काँग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले जेठ २८ गते आवश्यकताभन्दा बढी स्वतन्त्रताको उपयोग गरेको आफूलाई महसुस भएको बताउनुहुदै प्रधानमन्त्री लक्षित उक्त अभिव्यक्ति फिर्ता लिएको र प्रदेशसभाको रेकर्डबाट हटाउन बाग्मती प्रदेशसभाका सभामुख सानुकृमार श्रेष्ठ समक्ष अनुरोध गर्नुभएको थियो ।

उहाँले आफूले संविधानको धारा १८७ मूताबिक पूर्ण वाक स्वतन्त्रता र संसदमा बोलेको कुरामा कुनै मुद्दा र उजुरबाजुर नलाग्ने भएको व्यवस्था मूताबिक दिल खोलेरर आफूले अभिव्यक्त गरिएको कुरा आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भन्दै आत्मआलोचना गर्नुभएको थियो ।

वैद्यले नेपाली काँग्रेस संसदीय दलबाट पनि यस अभिव्यक्ति फिर्ता लिन भएको निर्देशन मूताबिक पनि उक्त अभिव्यक्ति फिर्ता लिइएको बताउनुभएको छ ।

यसपछि बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठद्धारा प्रदेशसभा नियमावली २०७४ को नियम २३ को उपनियम २ बमोजिम प्रदेशसभा सदस्य वैद्यले आफूले बोलेको कुरा फिर्ता लिने व्यवस्था बमोजिम वैद्यको उक्त विवादास्पद अभिव्यक्ति प्रदेशसभा संसदको रेकर्डबाट हटाइएको हो ।

 

 

गोरखापत्र अनलाइनबाट

२०७८ जेष्ठ २९, शनिबार १४:२३ गते 1 Minute 412 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।