२०८३ बैशाख १६ बुधबार १३

कोभिड-१९ अपडेटः दुई हजार ७०९ थपिए, पाँच हजार २२५ कोरोनामुक्त, ६७ को मृत्यु

काठमाडौं ।

नेपालमा आरटीपीसीआर परीक्षणबाट कोरोनाभाइरसका दुई हजार ७०९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नौ हजार ५९८ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ७०९ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख चार हजार ३९६ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार २२५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख २० हजार ८१६ निको भएका छन् । निको हुने दर ८६.२ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६७ जना सङ्क्रमितका्े मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म आठ हजार ३०५ सङ्क्रमितको मृत्यु भएको छ ।

हालसम्म ३१ लाख ९८ हजार ७०२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

 

 

गोरखापत्र अनलाइन

२०७८ जेष्ठ २८, शुक्रबार ११:२७ गते 1 Minute 393 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार