२०८३ असार २ मंगलवार ०४

चार महिना जेल सजाय तोकियो फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँलाई थप्पड हान्नेलाई

काठमाडौं । बिहीबार फ्रान्सको एक अदालतले राष्ट्रपति इम्यानुअल म्याक्रोँलाई थप्पड हान्ने व्यक्तिलाई चार महिनाको जेल सजाय सुनाइएको छ ।

म्याक्रोँलाई थप्पडा हान्ने डामिएन टारेललाई सुनाइएको सजायमा चार महिनाको जेल तथा १४ महिना निलम्बनको सजाय सुनाइएको हो । त्यस्तै उनलाई पाँच वर्षसम्म सरकारी कार्यालयमा काम गर्न र हतियार राख्न प्रतिबन्ध लगाइएको छ ।

गत मंगलबार राष्ट्रपतिलाई थप्पड हानेसँगै टारेल प्रहरीको हिरासतमा छन् । अभियोजकले राष्ट्रपतिलाई थप्पड हान्ने कार्य स्वीकारयोग्य नरहेको र यो हिंसात्मक कार्य भएको दावी गर्दै सजाय माग गरेका थिए ।

फ्रान्सको ड्रोम क्षेत्रमा आन्दोलन गरिरहेका मानिसहरुसँग हात मिलाउने क्रममा टारेलले म्याक्रोँलाई थप्पड हानेका थिए । टारेलविरुद्ध सार्वजनिक अधिकारीमाथिको दुर्व्यवहारमा मुद्दा चलाइएको थियो । यो आरोपमा तीन वर्षसम्मको जेल सजाय र ४५ हजार युरो जरिवाना हुन सक्ने व्यवस्था छ । टारेलले थप्पड नै हान्ने आफ्नो नियत नरहेको बताएका छन् ।

राष्ट्रपति म्याक्रोँले भने आफ्नो व्यक्तिगत सुरक्षाको जोखिम भए पनि आफूहरु निरन्तर आन्दोलनकारीसँग भेटघाटमा जाने बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

२०७८ जेष्ठ २८, शुक्रबार ११:०५ गते 0 Minutes 992 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।