२०८३ बैशाख १६ बुधबार ११

डेविड वार्नर र मार्कस स्टोइनिस ‘द हण्ड्रेड’बाट नाम फिर्ता लिए

काठमाडौं ।

अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेविड वार्नर र अलराउन्डर मार्कस स्टोइनिस द हण्ड्रेडको उद्घाटन संस्करणबाट नाम फिर्ता लिएका छन् । दुबैजना द हण्ड्रेडमा साउदर्न ब्रेभको प्रतिनिधित्व गरी खेल्ने सहमति गरेका थिए ।

यात्रा प्रतिबन्ध र अन्तर्राष्ट्रिय स्पर्धा खेल्ने प्रतिबद्धताले द हण्ड्रेड खेल्ने सहमति जनाएका अन्य खेलाडी समेत नाम फित्र्ता लिने बताइएको छ ।

इंग्ल्याण्ड क्रिकेट बोर्डले एक वक्तब्य जारी गरी दुबै जनाले नाम फित्र्ता लिएको पुष्टि गर्दै साउदर्न ब्रेभले छिट्टै दुबैजनालाई बिस्थापित गर्ने खेलाडीको नाम सार्वजनिक गर्ने जनाएको छ ।

‘द हण्ड्रेड’को उद्घाटन संस्करणमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले समेत खेल्ने मौका पाउनुभएको छ । सन्दीपले द हण्ड्रेडमा ओभल इन्भिसिबलको प्रतिनिधित्व गर्नुहुनेछ ।

भिसा पाउन ढिलाइ भएपछि इंग्ल्याण्डको काउन्टि क्रिकेट भाइटलिटी ब्लास्ट खेल्ने अबसर गुमाउनुभएका सन्दीप द हण्ड्रेडमा भने सहभागी हुनुहुनेछ ।

२०७८ जेष्ठ २८, शुक्रबार ०८:५० गते 0 Minutes 423 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार