बनेपा ।
नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई पोखरामा हिजो प्रहरीले पक्राउ गरेको थियो । निषेधाज्ञा छिचोल्दै पोरखा पुगेका उनलाई क्याटवाक रेस्टुरेन्टबाट पक्राउ गरिएको थियो ।
नेपाली कांग्रेस काभ्रेका नेता तथा प्रदेश सभा सदस्य उम्मेदवार गणेश लामाको रिहाइको माग गर्दै नेपाली काँग्रेस काभ्रे र भातृ संगठन नेपाल बिद्यार्थि संघ तथा तरुण दलले काभ्रेमा बिरोध प्रदर्शन गरेको छ ।


लामालाई पोखराबाट प्रतिशोध पूर्वक पक्राउ गरेको भन्दै बिरोध प्रदर्शन गरेको नेबि संघका सभापति नृपेश बादेले जानकारी दिए । काभ्रेको चार दोबाटोमा जम्मा भएर काँग्रेस कार्यकर्ताहरुले नाराबाजी सहित प्रदर्शन गरेका थिए ।
नेपाली काँग्रेसका कार्यकर्ताहरुले नगरिक सर्बोच्चता कायम गर्न माग गर्दै गरिएको प्रदर्शन २० मिनेट चलेको थियो । २० मिनेटपछि इलाका प्रहरी कार्यालबाट खटिएका प्रहरीले बल प्रयोग गरि तितरबितर पारेको थियो ।
त्यस्तै नेपाली कांग्रेसले मण्डनदेउपुर नगरपालिकाको कुन्तामा प्रदर्शन गरेको छ । लामाको रिहाइको माग गर्दै कुन्ता चोकमा प्ले कार्ड सहित प्रदर्शन गरेको स्थानीय राजन पौडेलले जानकारी दिए ।






