२०८३ असार २ मंगलवार १६

क्रेनले ३३ केभीको विद्युत लाइन छुँदा दुई जनाको मृत्यू, दुई घाइते

सोलुखुम्बु ।

सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले ३३ केभीको विद्युत लाईन छुँदा करेण्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले शुक्रबार विहान साढे ८ बजे ३३ केभिए प्रसारण लाईनमा छुँदा सवार चारजना युवा मध्ये घटनास्थलमै दुई जनाको मुत्यू भएको हो भने अन्य दुई जना घाईते भएका छन् ।

मृत्यु हुनेमा लोबेड गाडी चालक बाग्लुङका २६ बर्षिय भुमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ बर्षिय राम परियार रहेका छन् ।

ग. १ ज. ५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना घाइते भएको र घाइतेको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो ।

विगत केही वर्षयता निर्माणधीन अवरुथामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दुधककोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाईटेन्सन लाईनमा छुँदा दुर्घटना भएको हो ।
करेन्टका कारण गाडीमा आगो लागेको प्रहरीले जनाएको छ । हाईटेन्सनको तार होचो भएका कारण क्रेनले छुन पुग्दा घटना भएको हो ।

 

 

गोरखापत्र अनलाइन

२०७८ जेष्ठ २८, शुक्रबार ०७:०२ गते 1 Minute 1980 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।