२०८३ भाद्र ३० मंगलवार ००

१६ अंक बढ्यो नेप्स, कारोबार रकम घट्यो

 

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसुचक १६.६७ अंकले बढेको छ । यसअघि लगातार तीन कारोबार दिन घटेर बन्द भएको नेप्से आजभने बढेर २५०३.८५ बिन्दुमा पुगेर रोकिएको हो ।

यसअघि बिहीबार १८.४० अंकले घटेको नेप्से २४८७.१७ अंकमा झरेर बन्द भएको थियो । यसदिन कुल ३२३ स्टकको २ अर्ब ७९ करोड ११ लाख ८९ हजार रुपैयाँको कुल ६१ लाख ९९ हजार ९ सय कित्ता शेयर करोबार भएको छ । यसअघि ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको ७६ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको थियो । यस हिसाबले अघिल्लो कारोबारको तुलनामा आजभने कारोबार घटेको छ ।

आज सेन्सेटिभ इन्डेक्स २.१३, फ्लोट इन्डेक्स ०.९८ र सेन्सेटिभ फ्लोट इन्क्डेक्स ०.७२ अंकले बढेको छ । आज आत्मनिर्भर लघुवित्त शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्तको शेयर मूल्य आज प्रतकित्ता ६०९.९० रुपैयाँले बढेर ६७१० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी यसदिन हिमालयन पावर पार्टनर लिमिटेड र भगवती हाइड्रोको शेयर मूल्यमाप नि सकारात्मक सर्किट लागेको छ । यसदिन हिमालयन ८०–२० को शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ६.१० प्रतिशतले घटेर १० रुपैयाँमा कारोबार भएको छ ।

यसदिन नेपाल रिइन्स्योरेन्स, हिमालयन डिस्टीलरी, युनियन हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

 

२०८२ कार्तिक २, आईतवार १६:०५ गते 1 Minute 110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।