२०८३ भाद्र ३० मंगलवार ००

ग्लोबल आइएमई दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित भएको छ ।
अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन ग्लोबल फाइनान्स म्यागेजिनले यस बैंकलाई लगातार दोस्रो पटक ‘द बेस्ट बैंक इन नेपाल’को उपाधि प्रदान गरेको हो ।
यो सम्मान बैंकले वित्तीय सेवा, ग्राहकको सन्तुष्टि, नवीन प्रविधिको प्रयोग तथा समग्र बैंकिङ क्षेत्रको विकासमा पु¥याएको योगदानका आधारमा प्रदान गरिएको हो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत यस बारेमा जानकारी दिएका हुन् ।
उनले लेखेका छन,‘गौरव र खुशीको यस अवसरमा नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहक, समर्पित कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । तपाईंहरूको विश्वास, साथ र सहयोगले नै बैंकलाई निरन्तर सफलता हासिल गर्न प्रेरणा दिएको छ ।’
आगामी दिनहरूमा पनि ग्राहकमैत्री सेवा विस्तार, नवप्रवर्तन र वित्तीय पहुँच वृद्धि गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । ग्लोबल आइएमई बैंकले पछिल्ला वर्षहरूमा देशव्यापी शाखा सञ्जाल विस्तार गर्दै डिजिटल बैंकिङ प्रवद्र्धनमा उल्लेखनीय प्रगति हासिल गरेको छ । यस मान्यताले बैंकको अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा अझ मजबुत बन्दै गएको छ ।

२०८२ कार्तिक २, आईतवार ११:५८ गते 0 Minutes 65 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।