इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा २८ जनाको मृत्यु र अन्य आठ सय जना घाइते भएको एक दिनपछि आइतबार आगो अझै लागिरहेको सरकारी सञ्चार माध्यमले जनाएको छ । विश्वको तेल उत्पादनको पाँचौँ भाग हुने होर्मुज जलडमरुमध्य नजिकै दक्षिणी इरानको शहीद रजाई बन्दरगाहमा शनिबार विस्फोट भएको थियो । बन्दरगाहको भन्सार कार्यालयले राज्य टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ । सुरक्षा मामिलामा छलफल गर्न नाम नछाप्ने सर्तमा न्युयोर्क टाइम्सले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्ध राख्ने एक व्यक्तिलाई उद्धृत गर्दै मिसाइलका लागि ठोस इन्धनको एक प्रमुख सामग्री सोडियम पक्र्लोरेटका कारण विस्फोट भएको बताएको छ ।
इरानी राज्य टेलिभिजनले आइतबार १८ जना मारिएको र आठ सय घाइते भएको अद्यावधिक तथ्याङ्क दिएको छ । घटनास्थलबाट लाइभ फुटेजमा अझै पनि बाक्लो कालो धुवाँ देखिन्छ । चीनको सरकारी प्रसारक सिसिटिभीले बन्दर अब्बास वाणिज्य दूतावासलाई उद्धृत गर्दै तीन चिनियाँ नागरिक ‘हल्का घाइते’ भएको बताएको छ ।
फार्स न्युज एजेन्सीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि यो लगभग ५० किलोमिटर (३० माइल) टाढाबाट महसुस र सुनिएको थियो । इरनाका तस्बिरहरूले तेहरानबाट एक हजार किलोमिटर दक्षिणमा रहेको शाहिद रजाईमा भएको विस्फोटपछि भग्नावशेषले ढाकिएको फराकिलो मार्गमा हिँडिरहेका उद्धारकर्ताहरू र बाँचेका व्यक्तिहरू देखाइएको छ ।
२०८२ बैशाख १४, आईतवार २२:२२ गते
0 Minutes
208 Views






