२०८३ असार २ मंगलवार ०२

गुजरातबाट ५०० भन्दा बढी बङ्गलादेशी आप्रवासी पक्राउ

काठमाडौं । नक्कली कागजातहरूका साथ भारतमा बसोबास गरेको आरोपमा बङ्गलादेशका ५५० भन्दा बढी अवैध आप्रवासीहरूलाई अहमदाबाद र सुरतमा हिरासतमा लिइएको गुजरात प्रहरीले शनिबार जनाएको छ ।

प्रहरी अधिकारी अनुसार प्रमाणिकरण तथा सोधपुछ भएपछि निर्वासन कार्यवाही हुनेछ ।

विशेष परिचालन समूह (एसओजी) अपराध शाखा, मानव बेचबिखन विरोधी एकाइ (एएचटीयू) अपराध शाखा रोकथाम (पिसिबी) र स्थानीय प्रहरी सहितका कानून सम्मत एकाइहरुले संयुक्त कारबाहीको नेतृत्व गरेका थिए । अधिकारीहरूले हिरासतमा लगिएका सबै व्यक्तिहरू आवश्यक कागजात बिना भारतमा रहेको तथा निवास स्थापना गर्नका लागि नक्कली कागजातहरू प्रयोग गर्ने गरेको पुष्टि गरेका छन् ।

सुरतमा एसओजी, डिसिबी, एएचटियू, पिसिबी र स्थानीय प्रहरीको संयुक्त अपरेसनको परिणामस्वरूप १०० भन्दा बढी बङ्गलादेशी नागरिकहरू पक्राउ परेका थिए । “उनीहरू अवैध रूपमा भारतमा प्रवेश गरेका थिए र नक्कली कागजात लिएर सुरतमा बस्दै आएका थिए,” अनुसन्धानपछि उनीहरूलाई स्वदेश पठाइने बताउँदै विशेष कारबाही एकाइका प्रहरी उपायुक्त राजदीप सिंह नकुमले बताए ।

अपराध शाखा, एसओजी, आर्थिक अपराध शाखा जोन–६ र मुख्यालयका टोलीहरूले अवैध आप्रवासी भएको शङ्कामा शनिबार अहमदाबादम गरिएको अपरेशनमा ४५० भन्दा बढी व्यक्तिहरूलाई हिरासतमा लगिएको जनाइएको छ । अपराध शाखाका डिसिपि अजित राजियानले घटनाको पुष्टि गरे ।

२०८२ बैशाख १३, शनिबार १९:०३ गते 0 Minutes 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।