२०८१ फाल्गुन २ शुक्रबार १०

ज्याला मजदुरी गरेको पैसा हिनामिना गर्नेले भिडगरेर न्यायका कुरा गर्ने ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । ठगी गर्ने सयौँ मान्छे जेल गएको बताउँदै कसलै पनि उन्मुक्ति नपाउने स्पष्ट पारे । रुपन्देहीको एक कार्यक्रममा गृहमन्त्री लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको पनि बताए । लामिछानेलाई हिरासतमा अमानवीय व्यवहार भएको भन्दै उनको पार्टी र परिवारले दाबी गरिरहेको बेला गृहमन्त्रीले यस्तो बताएका हुन् ।

रास्वपा सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नगरेको दाबी गर्दै मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न सुहाउदैन, रुपन्देहीमा उनले भने ।

 

‘लाखौँ गरिब मान्छेको अर्बौं रुपैया हिनामिना गर्ने, ठगी गरेर अर्काको रकम खाइदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने भन्दै मन्त्री लेखकले असन्तुष्टी जनाए ।

दिनभरि काम गरेर, भोकै बसेर जम्मा गरेको रकम खाइदिने अनि भीड जम्मा गरेर न्यायका कुरा ? त्यसो गर्ने हो भने प्रहरी अदालत न्यायाधीश किन चाहियो, मकै पोल्ने ठेला चलाउनेको न्याय खोइ ? गृहमन्त्री लेखकको प्रश्न थियो ।

२०८१ पुष ३, बुधबार ११:३८ गते 1 Minute 91 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।