
काठमाडौं । पीएल सिंहको निधन भएको छ । उनी काठमाडौं महानगरका पहिलो मेयर हुन् । लामो समयदेखि अस्वस्थ रहेका सिंहको सोमबार निधन भएको हो । उनी ८५ वर्षका थिए । नगरपालिका रहेको काठमाडौंलाई सिंहले २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गरेका थिए । सिंहको निधनमा काठमाडौं महानगरपालिकाले सोमबार सार्वजनिक विदा दिएको छ । बिहान विज्ञप्ति जारी गरी महानगर क्षेत्रमा आज शोक बिदा दिइएको जानकारी गराएको हो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।