
काठमाडौं । एनपीएलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि जारी खेलमा टस जितेर कर्णालीले फिल्डिङ रोज्दै चितवनलाई ब्याटिङमा निम्त्याएको हो ।
कर्णाली यस अघिको दुईवटै खेलमा पराजित भएका कारण यो खेलमा जितको खोजीमा छ । कर्णाली यसपछि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेट पराजित भएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।