२०८१ फाल्गुन २ शुक्रबार १०

एनपीएल उद्घाटन खेल जनकपुरको विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेल जनकपुर बोल्ट्सले जितेको छ । शनिबार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सले सहजरुपमा जित हात पारेको छ । जनकपुरको जितमा श्रीलंकन खेलाडी लाहिरु मिलनाथले नटआउट ७५ रन बनाए । १५ रनको स्कोरमा दुई विकेट गुमाएको जनकपुरलाई उनले जितसम्म लगे । उनले ५३ बलमा ३ छक्का र ९ चौका प्रहार गरेका छन् ।

जनकपुरका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका लाहिरुले ३९ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

उनलाई अर्का विदेशी खेलाडी हर्ष ठाकेरले २९ रन बनाएर साथ दिए । यी दुई खेलाडीबीच रनको साझेदारी भएको थियो । त्यसअघि कप्तान अनिल साह ५ रन र मार्की खेलाडी आसिफ शेख शून्यमा आउट भएका थिए ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेको प्रभाव देखिएन । उनको बलमा पनि धार देखिएन । उनले चार ओभरमा कुनै सफलता हात नपारी ३० रन दिए । विराटनगरका लागि प्रतिश जीसी र क्रिस सोलेले एक एक विकेट लिएका थिए ।

त्यसअघि मार्टिन गुप्टिलले ५५ रन बनाएपछि विराटनगरले सम्मानजनक स्कोर बनाएको थियो । १९ ओभरमै अलआउट भएको विराटनगरका लागि अकिब इलियासले १५ रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अंकमासमेत रन बनाउन सकेनन् । विराटनगरलाई सस्तैमा अलआउट गर्न जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिएका थिए भने किशोर महतो र हर्ष ठाकेरले दुई दुई विकेट लिएका थिए । यस्तै बिन माइक र मोहम्मद मोहसिनले एक एक विकेट लिएका थिए ।

विराटनगरका लागि क्रिस र प्रतिसले समान १ विकेट लिए ।

त्ससअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा १ सय २७ रनमा समेटिएको थियो ।

विराटनगरका ओपनर मार्टिन गप्टिलले एनपिएलको इतिहासमा नै पहिलो अर्धशतक ३६ बलमा पूरा गरेका थिए ।

गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाएका थिए । गप्टिल जनकपुरका अन्तर्राष्ट्रिय खेलाडी ठाकरको बलमा अनिल शाहबाट समातिए ।

बलिङतर्फ नेपाली खेलाडीको प्रभाव देखिए पनि ब्याटिङमा भने दुवैतर्फ विदेशी खेलाडी नै चम्के । लिगमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेल काठमाडौं र चितवनबीच हुनेछ भने दोस्रो खेल कर्णाली र जनकपुर बोल्टुसबीच हुनेछ ।

२०८१ मंसिर १५, शनिबार १६:२८ गते 0 Minutes 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।